१.१ ऐतिहासिक पृष्ठभूमि :
विद्यालय स्थापना काल देखि हाल सम्मको अवस्थामा ल्याई पुऱ्याउने महान व्यक्तिहरुमा श्री दान बहादुर पौडेल, तुलाराम खत्री, कृष्ण प्रसाद भट्टराई, बल बहादुर पुन, मन बहादुर सिजाली, कविराम थामी, रंग वहादुर तामाङ लगायत शिक्षा संग प्रत्यक्ष रुपमा सरोकार राख्ने शिक्षा प्रेमी तथा बुद्धिजीविहरुका साथै वि.व्य.स. को अध्यक्षताको पदभार ग्रहण गरि सेवा पुऱ्याउने अन्य व्यक्तिहरुमा श्री दान बहादुर पौडेल, तुलाराम खत्री, कृष्ण प्रसाद भट्टराई, मन वहादुर सिजाली, रंग बहादुर तामाङ, सुर्य बहादुर सारु, कलम बरै, सिवराम कामी, लाल वहादुर पौडेल, रंग वहादुर सारु, उदय कामी, पदम बहादुर राना (वर्तमान) हुनुहुन्छ भने विभिन्न समयमा हुनुभएका प्र.अ.हरुमा अम्मर बहादुर खत्री, कुमार खतिवडा, पदम वहादुर राना, पूर्ण प्रसाद कडेल, हर्क वहादुर विक (वर्तमान) र अन्य शिक्षकहरुको योगदान पनि उल्लेखनिय रहेको छ ।